काठमाडौं । समूह मुरारका ग्रुुपले भारतको सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उद्योग सञ्चालन गर्ने भएको छ । यसको लागत करिब २ अर्ब रहेको छ ।
बार्षिक करिब ३० लाख स्क्वाएर मिटर क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गनए लागिएको हो । राजधानीमा आयोजित कार्यक्रममा मुरारका ग्रुुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले
मुरारका ग्रुुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए । यो सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्ने उनको भनाइ छ । यस्तै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुुपसँग सहकार्य गर्न पाउँदा गौरब लागेको बताए ।
FACEBOOK COMMENTS