काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कमपनीको नाफा घटेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा कम्पनीको नाफा ४३.२८ प्रतिशत घटेर ८९ लाख ३८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
विद्युत बिक्री आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको नाफा घटेको छ । पुगेको हो । कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा छ ।
FACEBOOK COMMENTS