काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । ।
कम्पनीको पुस २५ गते बेलुका ५ दशमलव ४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ० दशमलव ७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
FACEBOOK COMMENTS