काठमाडौं । विपिडब्लु र सामुदायिक लघुवित्त वित्तीय संस्था मर्जर भएर बनेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार सामुदायिक लघुवित्त वित्त र विपिडब्लु लघुवित्त एक आपसमा गाभिई ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।
साविकका दुवै संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मिति २०८० फागुन २४ गते बिहीबारका दिनदेखि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालन हुने छ ।
FACEBOOK COMMENTS