काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैटौं संस्करण ‘डिजिटल डिसेम्बर २०२४’ सुरू भएको छ।
‘सहजताको नयाँ परिभाषा उपहारसँगै’ नाराका साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरि डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागि विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्नेछ।
यस अभियानमा ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैंकिङ अनुभव सरल बनाउनका निम्ति निम्न प्रकारका योजनाहरू रहेका छन्-
बैंकका ग्राहकहरूलाई विशेष अफर
– सरलीकृत कर दाखिलाः डिसेम्बर महिनाभरि मोबाइल मनीमार्फत आफ्नो स्थायी लेखा नम्बर (पान) वा राष्ट्रिय परिचयपत्र) को विवरण अद्यावधिक गरी १०० रूपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप १०० रूपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी पान वा राष्ट्रिय परिचयपत्र अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन् ।
– सहज बिजुली बिल भुक्तानीः मोबाइल मनी प्रयोगकर्ताहरूले सजिलै एउटा मिसकलमार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाइल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरि मिसकलमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूले पनि १०० रूपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन् ।
– क्रेडिट कार्डमा विशेष अफरः तोकिएको योग्यता पुगेका ग्राहकहरूले डिसेम्बर महिनाभरि क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
लचिलो वित्तीय समाधान
– आज किनौं, भोलि तिरौं (बीएनपीएल)ः क्रेडिट कार्ड ग्राहकहरूले डिसेम्बर महिनाभरि आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३०,००० रूपैयाँभन्दा बढीको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याजबिनै सो भुक्तानीलाई सरल किस्ताबन्दीहरूमा विभाजन गर्न सक्नेछन् ।
– अन्तर–बोर्डर भुक्तानी सेवाः लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरू (फोनपे मर्चेन्ट्स) ले विभिन्न भारतीय मोबाइल वालेटमार्फत डिसेम्बर महिनाभरि भुक्तानी लिँदा लक्की ड्रद्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्।
वित्तीय शिक्षा कार्यक्रम
यस अभियानको एक मुख्य भाग ‘डिजिटल संवाद’ पनि रहेको छ, जसअन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरूसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतनासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमहरू आयोजना गर्नेछ । यी कार्यक्रमहरू वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा र नविनतम डिजिटल बैंकिङ सुविधाहरूलगायतका विषयहरूमा केन्द्रित हुनेछन्।
यस्तै सचेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूका माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS