काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको ३३१औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।
बैंकले कुल ५.२६ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयरको संख्या १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता रहेको छ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बैंकले ०.२६ प्रतिशत अर्थात् ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन्।
