काठमाडाैं । रेष्टुराँको छ तलामाथिबाट खसेर घाइते भएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको अवस्था गम्भीर बनेको छ ।
काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दानबहादुर कार्कीले उनको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिए । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो ।
नेता उपाध्याय नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाई हुन ।
FACEBOOK COMMENTS