• सोमबार, असोज १९, २०८३
  • English Version
  • Corporate Business Hub
corporatekhabar_logo
corporatekhabar_logo
EN
सोमबार, असोज १९, २०८३
  • हाेमपेज
  • समाचार
  • कर्पोरेट
  • बिजनेस
    • अर्थनीति
    • अटोमोबाइल्स
    • शेयर बजार
  • बैंक/वित्त
  • अन्तर्वार्ता
  • प्रविधि
  • राजनीति
  • फोटो फिचर
  • खेलकुद
  • स्पेशल
  • निर्वाचन विशेष
Corporate Business Hub
ट्रेन्डिङ
महासंघमा प्रजातान्त्रिक अभ्यास कमजोर भएको उपाध्यक्ष श्रेष्ठको आरोप महासंघमा प्रजातान्त्रिक अभ्यास कमजोर भएको उपाध्यक्ष श्रेष्ठको आरोप
प्रधानमन्त्री शाहको कटाक्ष: धन्न खुला मञ्च राम्रो बनाइएछ प्रधानमन्त्री शाहको कटाक्ष: धन्न खुला मञ्च राम्रो बनाइएछ
यी हुन् आज दिनभरका प्रमुख २० समाचार यी हुन् आज दिनभरका प्रमुख २० समाचार
कांग्रेसको महाधिवेशनमा प्रचण्डदेखि रविसम्म कांग्रेसको महाधिवेशनमा प्रचण्डदेखि रविसम्म
महाधिवेशन पद बाँडफाँटका लागि होइन, कांग्रेसको भविष्यबारे आत्मसमीक्षाको थलो हो : पुष्पा भुसाल महाधिवेशन पद बाँडफाँटका लागि होइन, कांग्रेसको भविष्यबारे आत्मसमीक्षाको थलो हो...

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री कर्पोरट खबर 6:13 pm, शनिबार, फाल्गुन २०, २०७९
720 Shares
दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिएका हुन् । प्रधानमन्त्रीले भने, “तपाईहरूको प्रतिवेदनमा कर्मचारीहरूले तलबमानका साथै अर्थतन्त्रको स्थिति, चुनौती र सम्भावनाको संक्षेपमा अध्ययनसमेत रहेछ, यसले सरकारको आगामी नीतिका लागि सहयोग पुग्नेछ । शासन व्यवस्था भनेकै दण्ड र पुरस्कारको असल अभ्यास नै हो । हाम्रो कर्मचारी प्रशासनमा पनि त्यो लागू गर्नुपर्दछ ।”

कर्मचारीको सेवा सुविधा कम हुँदा एकातर्फ कार्यक्षमतामा ह्रास आउने र अर्कोतर्फ वित्तीय अराजकता पनि बढ्ने खतरा रहेको देखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने , “तलबले जीवनयापनका निम्ति पर्याप्त आधार तयार नहुँदा विदेसिनुपर्ने बाध्यता, वित्तीय अराजकता निम्तने जोखिमका उदाहरण पनि हामीकहाँ छन् । त्यसैले आजको परिस्थिति र आवश्यकता अनुसार कर्मचारीको तलबमान र सेवासुविधामा पुनर्विचार गर्न आवश्यक छ ।” उनले सरकार उच्चस्तरीय प्रशासन सुधार आयोग गठनको अन्तिम तयारीमा रहेको जानकारी दिए  । “यो प्रतिवेदनले त्यसका लागि मद्दत पुग्ने मैले देखेको छु” उनले भने, “देशका लागि कुन कुन संरचना र कति कर्मचारी आवश्यक हो त्यसको उचित अध्ययन गरेर निर्मम निर्णय लिन आवश्यक छ ।

यसो नगर्दा राज्यलाई थप भार हुने तर परिणाम नदेखिने समस्या झेलिरहनुपर्ने हुन्छ ।” सो अवसरमा प्रधानमन्त्रीले आयोगको प्रतिवेदनमा उल्लेखित नीतिगत विषयमा गृहकार्य गर्दै जाने, कानुनी विषय सङ्घीय निजामति ऐनमा नै व्यवस्था गर्ने र व्यवहारिक सुझाव तत्काल कार्यान्वयनमा लैजाने बताए । प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका संयोजक लीलामणि पौडेलले प्रतिवेदनमा नेपालको अर्थतन्त्रको संक्षिप्त विश्लेषण, दक्षिण एसियाली मुलुकमा कर्मचारीको सेवा सुविधाको अवस्था, सेवा सुविधासम्बन्धी नयाँ प्रस्ताव रहेको जानकारी दिए । यस्तै, उपचार खर्च, बिदासम्बन्धी व्यवस्था, कर्मचारी आवाससम्बन्धी व्यवस्था, यातायात सुविधासम्बन्धी व्यवस्था र वर्तमानमा देखिएका बेथितिको नियमनसम्बन्धी व्यवस्था समेटिएको छ । प्रतिवेदनमा कर्मचारी दरबन्दीमा कटौती, एक पद एक पेन्सन नीति, दोहोरो तलब र पेन्सनको नियमन, पेन्सनबाट राज्यलाई पर्ने भारमा कटौती गर्ने विकल्प, श्रमिकहरूको न्यूनतम ज्याला निर्धारणका लागि सुझाव दिइएको छ ।

सामाजिक सुरक्षा भत्ता र राजस्व छुटसम्बन्धी नयाँ व्यवस्थाको प्रस्ताव, वैदेशिक अनुदानको परिचालनसम्बन्धी राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन, कर्मचारीको कार्यविवरणको मूल्याङ्कन लगायतका विषय प्रतिवेदनमा समेटिएको उनले जानकारी दिए । पूर्व मुख्यसचिव पौडेलको संयोजक तथा बिमल वाग्ले र शिवदेव पाण्डे सदस्य रहनेगरी गठन भएको आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो ।

  • नेता उपाध्यायको अवस्था गम्भीर
  • रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

Shorts

Video Icon
नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय छ : प्रधानमन्त्री

नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय छ : प्रधानमन्त्री

Video Icon
पुरुषको शरीरमा पाठेघर भेटियो

पुरुषको शरीरमा पाठेघर भेटियो

Video Icon
वर्षासँगै ठूलो हावाहुरी चल्ने चेता*वनी

वर्षासँगै ठूलो हावाहुरी चल्ने चेता*वनी

Video Icon
कांग्रेसले क–कसलाई दियो महाधिवेशनको निम्तो ?

कांग्रेसले क–कसलाई दियो महाधिवेशनको निम्तो ?

Video Icon
पाल्पामा पहिरोले घर बगाउँदा एक जना बे*पत्ता

पाल्पामा पहिरोले घर बगाउँदा एक जना बे*पत्ता

Video Icon
भोटेकोशी बाढी गएको एक महिना

भोटेकोशी बाढी गएको एक महिना

Video Icon
कहिलेदेखि खुल्छ मौसम ?

कहिलेदेखि खुल्छ मौसम ?

Video Icon
विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट किन्न दिन आवश्यक छ।

विदेशी नागरिकलाई पनि नेपालमा अपार्टमेन्ट किन्न दिन आवश्यक छ।

Video Icon
काठमाडौंमा नवौं जग्गा, आवास तथा निर्माण प्रदर्शनी आयोजना हुँदै, प्रदर्शनीमा के–के हुँदैछ ?

काठमाडौंमा नवौं जग्गा, आवास तथा निर्माण प्रदर्शनी आयोजना हुँदै, प्रदर्शनीमा के–के हुँदैछ ?

Video Icon
जेन्जी आन्दो* लनको एक वर्ष : सडकमा बगेको र* ग त, खरानी बनेको इतिहास र कहिल्यै नभर्ने घा* उ

जेन्जी आन्दो* लनको एक वर्ष : सडकमा बगेको र* ग त, खरानी बनेको इतिहास र कहिल्यै नभर्ने घा* उ

RELATED NEWS

  • ताजा समाचार
  • लोकप्रिय समाचार
जगदम्बा मोटर्सद्वारा नयाँ टीभीएस रेडर १२५ सिंगल सिट नेपालमा सार्वजनिक, मूल्य कति ?_img

जगदम्बा मोटर्सद्वारा नयाँ टीभीएस रेडर १२५ सिंगल सिट नेपालमा सार्वजनिक, मूल्य कति ?

दसैँ नजिकिँदै बजारमा किनमेलको चाप बढ्यो, ग्राहक बढेपछि व्यापारीलाई भ्याइनभ्याइ_img

दसैँ नजिकिँदै बजारमा किनमेलको चाप बढ्यो, ग्राहक बढेपछि व्यापारीलाई भ्याइनभ्याइ

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो_img

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

उपचारका क्रममा दुर्व्यवहार भएको आरोपमा मेडिकल सञ्चालक थापा पक्राउ_img

उपचारका क्रममा दुर्व्यवहार भएको आरोपमा मेडिकल सञ्चालक थापा पक्राउ

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?_img

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन_img

भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

२ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक_img

२ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे_img

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

बेनी-जोमसोम सडक सञ्चालनमा ल्याउने कार्य तीव्र_img

बेनी-जोमसोम सडक सञ्चालनमा ल्याउने कार्य तीव्र

सहुलियतमा चिनी बेचिरहेको साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना, विभागको कारबाहीमाथि उठ्यो प्रश्न

सुपथ मूल्य पसल सञ्चालन गर्नुको उद्देश्य सहज र सस्तो मूल्यमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउनु हाे : साल्ट ट्रेडिङ

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौंमा विद्युत् कटौती, कुन ठाउँमा कहिले ?

छोरी कुटी बुहारी तर्साउने हो भने अन्यथा नहोला, बहकाउमा कारबाही भए उपभोक्तामाथि घात हुन्छ

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड (फोटो फिचर)

महिला उद्यमीका उत्पादन प्रवर्द्धन गर्न ‘च्याम्बर बजार’ सञ्चालन हुँदै

ट्याग

  • दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

About

logo

Reg No. 1620/076-77

Quick Links

  • Contact
  • News
  • Corporate Business Hub
  • Our Team

Contact Us

Chabahil, Mahangkal, Kathmandu

+977-9851117013

+977-015913453

viewoncorporate@gmail.com

© Copyrights 2026 Corporate Khabar. All rights reserved. Designed & Developed by Smartway Learning Technologies

Top
corporatekhabar_logo ×
  • अटोमोबाइल्स
  • अन्तर्वार्ता
  • अर्थनीति
  • आर्टिकल
  • कर्पोरेट
  • खेलकुद
  • जीवनशैली
  • टेक्नोलोजी
  • निर्वाचन विशेष
  • पर्यटन
  • फाइनान्स
  • फोटो फिचर
  • बिजनेस
  • बैंक/वित्त
  • भिडिओ
  • मनोरञ्जन
  • राजनीति
  • रोजगार
  • विज्ञापन
  • विश्व
  • शिक्षा
  • शेयर मार्केट
  • समाचार
  • सम्पादकीय
  • स्वास्थ्य
  • हाइड्रोपावर
×
×