काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बोल्दै गणतन्त्रवादीलाई तपाईहरु मादल बजाएर आएको हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले युवापुस्ता यो व्यवस्थाप्रति परिचित रहेकोले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका हुन् ।
नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए ।
लिङ्देनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए। उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए ।
राजा हटेपछि नारायणहिटीमा कसले व्यापार सुरू गर्यो ? जगजाहेर रहेको भन्दै प्रश्न गरे ।
उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको होरु भन्दै प्रश्न गरे। उनीहरूले हत्या-हिंसा गरेको कतै नछिपेको बताए ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS