काठमाडौं । नब बर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीद्वारा मृगौला पिडित र आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
क्लवले सिन्धुपाल्चोक घर भई काठमाडौँमा उपचार गर्दै आएकी दुइ वटानै मृगौला खराब भएर थलिएकी रिता आचार्यलाइ पच्चीस हजार रुपैयाँ र जनजाति कल्याण आश्रम मुलपानीलाई अठार हजार रुपैयाँ गरि जम्मा त्रिचालिस हजार आर्थिक सहयोग गरेको छ ।
लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी सक्रिय रुपमा सामाजिक कार्यमा अगाडि बढेको लायन्स क्लब हो। क्लबकि अध्यक्ष दुर्गा बिसुराल, क्लस्टर चिफ टंकनाथ पौडेल, रिजन चेयरपर्सन राजेश बिसुराल, जि एल टी कोर्डिनेटर भुपराज काफ्ले, सचिब जनकराज पाठक सदस्यद्वय लायन नविन उप्रेती लायन पुर्णिमा उप्रेतीको उपस्थितिमा मृगौला पिडित आचार्य र आश्रमलाइ नगद हस्तान्तरण गरेको क्लवले जनाएको छ ।
लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीकि अध्यक्ष दुर्गा बिसुरालले सामाजिक कार्यमा कहिले नथाक्ने र बर्ष भरिनै यसरीनै लायन्स क्लब द्वारा दुखि पिडितको पिडामा मल्हम लगाउने र सेवारुपी हातहरु नरोकिने बताएकी छन् ।
FACEBOOK COMMENTS