काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्षमा शताब्दी बचत खाता संचालनमा ल्याएको छ ।
शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त बचत खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।
शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाइ मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्पुर्ण शाखाहरुबाट खोल्न सकिने बैंकले बताएको छ ।
बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
FACEBOOK COMMENTS