काठमाडौं । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डष्ट्रीज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड ‘अवसर इक्विटी डाइभर्सिफाइड फण्ड’बीच लगानीमा सहकार्य गर्ने रणनीतिक साझेदारी भएको छ ।
परासीमा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डष्ट्रीजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताइएको छ ।
अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डष्ट्रीजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ । यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने विश्वास कम्पनीले गरेको छ ।
‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ,’ लिट्मस इन्डष्ट्रीज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, ‘हामीले लिट्मस इन्डष्ट्रीजमा गरेको यो लगानी, आफु संलग्न उद्योगको नेतृत्व गर्नसक्ने र यथास्थितलाई बदल्दै नवप्रवर्तन मार्फत बजारको मागलाई सम्बोधन गर्नसक्ने, उच्च सम्भावना बोकेका अग्रणी कम्पनीहरूलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो । हामी लिट्मस इन्डष्ट्रीजसँग नजिकबाट सहकार्य गर्न र उहाँहरूको सफलतामा योगदान पुर्याउन पाउँदा अत्यन्त उत्साहित छौं ।’
लिट्मस इन्डष्ट्रीज
लिट्मस इन्डष्ट्रीज लिमिटेड नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । नेपाली तार, केबल तथा कन्डक्टर उत्पादकहरूमध्ये लिट्मस इन्डष्ट्रीज पहिलो र एक मात्र पब्लिक कम्पनी हो । सन् २०१४ देखि रमेश कर्पोरेसनको छातामुनि रहेको लिट्मसले देशको विद्युतीकरण र औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
नेपाल सरकारद्वारा जलविद्युत् विकासका लागि राखेको दूरदृष्टि र कोरेका योजना र प्राथमिकताहरूसँग एकाकार हुँदै लिट्मस इन्डिस्ट्रिजले जलविद्युत प्रसारण र वितरणका लागि चाहिने अन्तर्राष्ट्रिय गुणस्तरका केबल तथा कन्डक्टर उत्पादन र आपूर्ति गर्दै जलविद्युत संरचना विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
अवसर इक्विटी डाइभर्सिफाइड फण्ड
अवसर इक्विटी डाइभर्सिफाइड फण्ड, नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएको रु ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो । यो कोषले, नेपालको आर्थिक वृद्धि र विकासलाई अघि बढाउने नयाँ र प्रभावकारी परियोजनाहरूलाई समर्थन गर्दै, उच्च सम्भावना भएका कम्पनीहरूसँग साझेदारी गरी विभिन्न क्षेत्र र कम्पनीहरूमा लगानी गर्दछ ।
FACEBOOK COMMENTS