काठमाडौं । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड्स-२०२४’ का ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचवटै विधामा उपाधि जित्न सफल भएको छ । इ
इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कन्क्लेभ-२०२४’ मा लुम्बिनी विकास बैंकले ‘बेष्ट बैंक’, ‘बेष्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट नेपाल’, ‘बेष्ट पर्फमेन्स अन असेष्ट म्यानेजमेन्ट नेपाल’मा विजेता एवंम् ‘बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल’ र ‘बेष्ट पर्फमेन्स अन ग्रोथ नेपाल’मा उपविजेताको उपाधि जित्न सफल भएको छ ।
अवार्डमा बिमस्टेकअन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।
इण्डियन चेम्बर अफ कर्मसले गत वर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरू गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।
स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शीता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका अवार्डहरू जित्न सफल भएकाले यसबाट लुम्बिनी विकास बैंकको गरिमा र प्रतिष्ठा थप चुलिएको छ ।
३.५ अर्ब रूपैयाँ चुक्ता पुँजी भएको राष्ट्रियस्तरको लुम्बिनी विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटीएम सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS