लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबीच व्यावसायिक सम्झौता
कर्पोरट खबर
6:09 pm, मंगलबार, पुस ९, २०८१
काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टिज प्रालिबीच सोमबार व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रालिका तर्फबाट उपाध्यक्ष पूर्णबहादुर लिम्बूले उक्त सम्झौतमा हस्ताक्षर गरी आगामी दिनमा एकअर्कालाई व्यावसायिक रूपमा सहकार्य गर्ने गरी सम्झौता गरिएको छ ।
उक्त सम्झौताअनुसार लिजेण्ड प्रोपर्टिज प्रालिले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरी विभिन्न ठाउँमा व्यवस्थित एवं योजनाबद्घ रूपमा विकास गरी बिक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवासीय घरहरू खरिद गर्ने ग्राहकहरूलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूमार्फत सुलभ ब्याजदर तथा सरल प्रक्रियामार्फत आवास कर्जा उपलब्ध गराउने भएको छ ।
लिजेण्ड प्रोपर्टिज प्रालिले हाल नेपालको काठमाडौं उपत्यकाभित्र भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरी विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।
त्यसैगरी देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकका विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूको आवश्यकताअनुसार सेवा दिने उद्देश्यले बैंकले विभिन्न प्रकारका निक्षेप खाताहरू तथा सरल सुलभ तरिकाले विभिन्न प्रकारका कर्जा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।