काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
बैंकले उक्त अवसरमा केन्द्रीय कार्यालय डिल्लीबजार तथा शाखा कार्यालय न्यूरोड पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदानमा १५६ जना रक्तदाताले रक्तदान गरे ।
बैंकले वार्षिकोत्सवकै उपलक्ष्यमा २० वर्षभन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका कर्मचारीलाई सम्मान समेत गरेको छ । सञ्चालक समितिका सदस्यहरू र व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले संयुक्त रूपमा कर्मचारीलाई दीर्घ सेवा पदक र मायाको चिनो प्रदान गरिएको छ ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले उपस्थित सम्पूर्णमा शुभकामनासहित स्वागत मन्तव्य राखेका थिए । सञ्चालक केशव खतिवाडाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै, अध्यक्ष चिन्तामणि भट्टराईले सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरूलाई शुभकामना प्रदान गरे ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकका विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवम् नवीनतम् प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS