काठमाडाैं । लुम्बिनी विकास बैंककोे वित्तीय साक्षरता सम्पन्न भएको छ ।
बैंकले २०८१ चैत ०४ गते देखी चैत १० गते सम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको हो ।
साताब्यापी कार्यक्रम मार्फत बैंकले करिब एक हजार युवा विधार्थीहरुलाई बैंकिङका बिभिन्न पक्षहरुका बारेमा जानकारी प्रदान गरेको थियो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्र भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
साथै यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS