बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनियताको शपथ लिएका छन्।
आइतबार युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका पाण्डेयलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले शपथ दिलाएका हुन् ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पाण्डेय प्रदेशमा लोसपाका संसदीय दलका नेता हुन् । शपथ समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीराम चौधरीलगायत प्रदेश सरकारका अन्य मन्त्रीहरूको उपस्थिति थियो ।
पाण्डे नियुक्तिसँगै लुम्बिनीको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा एमालेबाट ५, कांग्रेसबाट ५, जसपाबाट १ मन्त्री थिए भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वयं मुख्यमन्त्रीले सम्हालिरहेका थिए।
FACEBOOK COMMENTS