काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सलाई १०६ रनको मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५२ रन बनाएका थिए भने इशान पाण्डेले २७ रनको योगदान दिएका थिए । त्यस बाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यस्तै लुम्बिनी लायन्सका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले २-२ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले एक एक विकेट लिएका थिए ।
