जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।
आज मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरे । मधेस प्रदेशसभाको बैठकमा उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभामा विश्वासको पक्षमा ६२ जना प्रदेशसभाका सदस्यहरूले मत दिए ।
विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३६ जना प्रदेशसभाका सदस्यहरूको मत परेको मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभाको बैठकमा घोषणा गरे । साथै, प्रदेशसभामा १०७ सदस्य छन् ।
दुई जना सदस्य निलम्बित छन् भने चार जनाले राजीनामा र्दिए । अन्य तीन जना भने सभामा अनुपस्थित रहनुभएको सभामुख यादवले जानकारी दिए ।
प्रदेश सरकारमा रहेका जनमत पार्टीले गत वैशाख २३ गते मुख्यमन्त्री यादवलाई दिएको विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिए ।

मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका २२, नेकपा ९एमाले० २४, नेपाली कम्युनिष्ट पार्टी १५ र नेपाल सङ्घीय समाजवादी पार्टी नेपालका एक सदस्यले विश्वासको मत दिए ।
