काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंज लाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदैं यस बैंकको महाराजगंज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंज लाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो । महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगंज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए ।
देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक कार्यहरुलाई प्रभावकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS