काठमाडौं । महालक्ष्मी विकास बैंक र अरिकल इभेन्ट्स प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल इभेन्ट्समा बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान–पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न खानाका परिकारहरुमा आकर्षक छूट प्राप्त गर्ने बैंकले जनाएको छ ।
यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट विभिन्न जनचेतामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS