काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न तीनवटा संस्थासँग सहकार्य सम्झौता गरेको छ ।
उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्राडा जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन रहेका छन् ।
उपमेयर डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताइन् ।
FACEBOOK COMMENTS