काठमाडौं । माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आज रूपन्देहीबाट नियन्त्रणमा लिइएको हो ।
महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ ।
उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।
उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरुलाई छानविनका लागि पक्राउ गर्न निर्देशन दिएका थिए । उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
FACEBOOK COMMENTS