काठमाडौँ । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ ।
आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।
महासंघले बैठक आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बाेलाएकाे छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ जनाएको छ ।
नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो ।
FACEBOOK COMMENTS