काठमाडौं । द ब्रिटिश कलेजका कार्यकारी निर्देशक महेन्द्र राज कँडेललाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो बेष्ट एजुकेशन सेक्टर अफ द इयरका रूपमा सो अवार्ड प्रदान गरेको हो ।
विभिन्न निजी तथा गैरनाफामुलक संघसंस्थाहरूलाई दुई दशकदेखि कुशल नेतृत्व प्रदान गर्दै आएका कँडेल कँडेल ग्रुपको समेत कार्यकारी निर्देशक हुन् । व्यक्तिगत उद्यमशीलता र व्यावसायिक प्रयासहरूलाई प्राथमिकता दिँदै आएका उनी राजनीतिलाई कुटनीतिक तवरबाट हेछैन् ।
अध्ययनसँगै उद्यमशीलताको जग बसालेका उनी कम्पनीहरूको पोर्टफोलियो चयन प्रक्रियामा नजिकबाट संलग्न छन् भने कम्पनीहरूको रणनीति, विकास र कार्यान्वयनमा पनि अब्बल मानिन्छन् । सन् २००० मा उनले लण्डनको वान्ड्सवर्थमा ‘काठमाण्डू भ्याली’ नामको रेष्टुराँ, २००६ मा लण्डनमै एनडब्ल्यूसी नामक अन्तर्राष्ट्रिय कलेज र २०११ मा ‘मसलामार्ट’ नामक सुपरमार्केट सञ्चालनमा ल्याएका थिए ।
त्यसपछि साउथ लण्डन कलेजमा प्रबन्ध निर्देशक बनेका उनी शैक्षिक क्षेत्रका विज्ञ व्यक्तिका रूपमा परिचित छन् । सन् २०११ मै उनले नेपालमा ‘द ब्रिटिश कलेज’ स्थापना गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेका थिए ।
द ब्रिटिश कजेल नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो । स्नातक तहको शिक्षालाई रचनात्मक उद्यमी बन्न र विश्वव्यापी रोजगार बजारअनुकुलको बनाउनु कलेजको मुख्य लक्ष्य छ ।
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?
FACEBOOK COMMENTS