काठमाडौं । नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय अभिनेत्री माहोको अभिनय गर्ने भएकी छन् ।
नेटफ्लिक्सको ‘अफलाइन लभ’ मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् ।
जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ ।
पेरिस फेसन विकमा सहभागी रहेकी माहो मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन् ।
फेसन र डिजिटल दुनियाका ख्यातिप्राप्त उनको अभिनय रहेको मनको बाँध वैशाख ६ गते शनिबार यूट्युब च्यानल फोकस पिक्चर्समार्फत देख्न सकिनेछ । नेपाली टेलिचलचित्र मनको बाँधको नयाँ अंक बेलुकी ७ बजे प्रशारण हुँदैछ ।
‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’ निर्देशक प्रदीप खड्गीले बताए ।
नेपाली रंगमन्चमा विदेशी कलाकारहरुको डेब्यू गराएर टेलिचलचित्रमा पृथक गर्न खोजिएको निर्देशक खड्गीको भनाइ छ । उहाँले यसअघि नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, नेपाली थ्रीलर मुभि अपीच्य, बहुभाषी चलचित्र हिमआँधी लगायतका ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका छन् ।
FACEBOOK COMMENTS