काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
हिजो बिहीबार बसेको कम्पनी सञ्चालक समितिको ९०औँ बैंठकले २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरण पारि गरे पनि शेयरधनीका लागि रकम बाँडफाँट नगरेको जनाएको छ ।
बैठकले पारित गरेको वासलत, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान तथा त्यससँग सम्बन्धित अनुसूचिहरू राष्ट्र बैंकको स्वीकृतिपछि सार्वजनिक गरिने बताइएको छ ।
FACEBOOK COMMENTS