कोहलपुर। मञ्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनका लागि करिब १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण तथा केमिकल व्यवस्थापनका सामग्रीहरू हस्तान्तरण गरेको छ।
नेपालगञ्ज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले कोहलपुर नगरपालिकालाई उक्त सामग्रीहरू औपचारिक रूपमा वितरण गरेकी हुन्। फाइनान्सले आफ्ना विभिन्न शाखामार्फत सामाजिक क्षेत्रमा योगदान पुर्याउने अभियानलाई निरन्तरता दिँदै आएको छ। “आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ विस्तार गरी समाजको समग्र उन्नतिमा हातेमालो गर्ने हाम्रो दृढ प्रतिबद्धता छ,” फाइनान्सले जनाएको छ।
हालसम्म मञ्जुश्री फाइनान्सले करिब २२ अर्ब निक्षेप संकलन गर्दै करिब १८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। आकर्षक ब्याजदर र सुलभ कर्जा सुविधा उपलब्ध गराउँदै आएको यस फाइनान्सले हाल २७ वटा शाखा तथा एउटा विस्तारित काउन्टरमार्फत १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा पुर्याइरहेको छ।
देशभर ग्राहकहरूको विश्वास जित्दै आएको मञ्जुश्री फाइनान्स आगामी दिनमा पनि आफ्नो सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिसँगै सामाजिक क्षेत्रको उत्थानमा सक्रिय रहने प्रतिबद्ध रहेको बताइएको छ।
FACEBOOK COMMENTS