काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच मञ्जुश्री फाइनान्सका ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले स्टार क्याफे एण्ड ब्यान्कुएटमा सेवा लिँदा विभिन्न छुट प्राप्त गर्नेछन् । ग्राहकले खानपानअन्तर्गत सबै परिकार तथा पेय पदार्थमा ८ प्रतिशतसम्म छुट पाउनेछन् भने क्याबिन बुकिङमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
ग्राहकले बिल भुक्तानीका क्रममा मञ्जुश्री फाइनान्सको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गरेपछि उक्त छुट सहजै लिन सक्नेछन् ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको मञ्जुश्री फाइनान्सले जनाएको छ ।
फाइनान्सले आगामी दिनमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।