काठमाडौं । मञ्जुश्री फाइनान्सले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।