काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यकारिणी सदस्यमा मनोज पौडेल निर्वाचित भएका छन् ।
आज मंगलबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार ५ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनी नेपाल मलेसिया उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका थिए ।
एक जना निर्वाचित हुने यो कलष्टरमा नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द कुँवर प्रतिस्पर्धामा थिए । उनी पराजित भएका छन् ।