काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संस्थापक सदस्य समहूतर्फ गोपाल श्रेष्ठ र सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।
आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठद्वयले १०/१० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
दुई जना निर्वाचित हुने यो कलष्टरमा झापाका टीकाराम ढकालको पनि उम्मेदवारी थियो । तर, उनी पराजित भएका छन् ।