काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
पदाधिकारी बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।यस बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल हुने बताइएको छ ।माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले सार्बजनिक रुपमा दिएका अभिव्यक्तिपछि पार्टीमा देखिएको अन्तरद्वन्दको विषयमा समेत छलफल हुने बुझिएको छ ।साथै माओवादी केन्द्रले पोखरामा पुगेर स्थगित भएको मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई फेरी सुचारु गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS