काठमाडौँ । दाङको लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुन: अवरुद्ध भएको छ ।
उक्त सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन आज बिहानको वर्षासँगै आएको बाढीले बाढीले बगाएको हो ।
डाइभर्सनको आधा भाग बाढीले बगाएपछि सवारी आवागमन पुन: अवरुद्ध भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए ।
घोराही–लमही आउ–जाउ गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको छ । पुलबाट ठूला गाडीहरुको आउ जाउ बन्द गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन सन्चालनका लागि भन्दै डाइभर्सन बनाएर विहीबार दिउँसोदेखि सन्चालनमा ल्याइएको थियो ।
सोही डाइभर्सन शुक्रबार बिहान बाढीले बगाएको हो । मसोट खोला पुलबाट विरामी बोकेको एम्बुलेन्स, इमर्जेन्सीमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे खाली सवारीसाधन मात्रै पुलबाट आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS