पोखरा । पोखरा भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा बेलुन पड्किएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्। भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा अचानक पड्किँदा उनलाई चोट लागेको हो।
घटनापछि मेयर आचार्यलाई उपचारका लागि अस्पताल लगिएको छ। चिकित्सकका अनुसार उनको चोट सामान्य छ। सोही घटनाका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि मञ्चतर्फ भाग्ने क्रममा सामान्य घाइते भएका छन्। पौडेलको पनि प्रारम्भिक उपचार गरिएको छ।
FACEBOOK COMMENTS