काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए प्रमुख तीन दलका शीर्ष नेताको बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न २ बजे बैठक बस्ने तयारी छ । बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने बताइएको छ ।
बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोधका साथै माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुईबुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल हुने बुझिएको छ ।
यसअघि बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक प्रचण्ड चितवनमा रहेका कारण बस्न सकेको थिएन । प्रचण्ड चितवनबाट काठमाडौँ फर्किने हुनाले बैठक आज राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संसद बैठकअघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख
FACEBOOK COMMENTS