काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका हुन् । उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजकमात्रै रहेको बताए ।
उनले भने, “आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजकमात्रै हो ।”
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंमा जारी थियो ।
FACEBOOK COMMENTS