काठमाडौँ– नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिज लिमिटेड एक भई असार १ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी असार १ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेको हो ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि ती कम्पनीका सहायक कम्पनीहरू समेत सोही प्रक्रियामा गएका हुन । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ २२ गते प्राप्ति गर्न स्वीकृति प्रदान गरेसँगै यी दुइ कम्पनी एक हुन लागेका हुन ।
FACEBOOK COMMENTS