कोभिड महामारीको कारण नियमित उडान रोकिएकोमा शुक्रबारबाट दैनिक गर्ने भएको हो। नेपाल आउने पर्यटकलाई कोभिड सम्बन्धी सबै प्रोटोकल खारेज गरिएको छ। चीनले पनि आफ्ना नागरिकलाई बाहिर जान खुल्ला गरेसँगै चाइना साउदर्नले नियमित उडान गर्ने जानकारी दिएको छ।चाइना साउदर्नले ग्वान्झाउ–काठमाडौं–ग्वान्झाउ दैनिक उडान गर्ने उल्लेख गरेको छ।