काठमाडाैं । मेटलाइफ नेपालले सिंगापुरमा गत साता सम्पन्न इन्स्योरेन्स एशिया अवार्ड्स २०२५ मा ‘सोसल मिडिया इनीसिएटिभ अफ द इयर—नेपाल’ उपाधि प्राप्त गर्न सफल भएको छ।
यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत हेल्थ रिस्क एसेस्मेन्ट सुविधा प्रवर्द्धन गर्ने डिजिटल अभियानको सफलताको कदरस्वरूप प्रदान गरिएको हो।
यस अभियानले उपभोक्ताहरूलाई स्वास्थ्य निगरानीको महत्त्व बुझाउन र बिमितहरूले कसरी सक्रिय स्वास्थ्य व्यवस्थापनका साझेदार बन्न सक्छन् भन्ने सन्देश दिन ध्यान केन्द्रित गरेको थियो। वान बाई मेटलाइफ एपमा समावेश गरिएको हेल्थ रिस्क एसेस्मेन्ट सुविधाले प्रयोगकर्तालाई कुनै विशेष उपकरणको आवश्यकता बिना स्मार्टफोनकै क्यामेराबाट रियल टाइममा आफ्नो स्वास्थ्य स्थिति जाँच्न सहयोग पुर्याउँछ। अनुहार स्क्यान गरेपछि प्रयोगकर्ताले आफ्नो स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी तुरुन्त पाउँछन्, जसले मेटलाइफको रोकथाममुखी स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने लक्ष्यलाई बल पुर्याउँछ।
पाँच हप्तासम्म सञ्चालन भएको यो अभियानबाट १० हजार नयाँ एप दर्ता भएका थिए। थप नयाँ ग्राहकहरू एपतर्फ आकर्षित भएका छन् र प्रयोगकर्ताहरूको सक्रिय सहभागिताले यस अभियानलाई सफल बनाएको कम्पनीको भनाइ छ। यस उपलब्धिले समावेशी र पहुँचयोग्य डिजिटल समाधानमार्फत ग्राहकलाई वास्तविक अनुभव प्रदान गर्ने मेटलाइफ नेपालको प्रतिबद्धता झल्काएको छ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले प्राप्त सम्मानबारे प्रतिक्रिया दिँदै यसले कम्पनीको दीर्घकालीन उद्देश्यलाई थप बल दिएको बताए। उनले भने, “यो सम्मानले हामीले मानिसहरूलाई अझ आत्मविश्वासपूर्ण भविष्य निर्माण गर्न सहयोग गर्ने हाम्रो उद्देश्यमा अडिग रहेको प्रमाणित गरेको छ। हामी हाम्रा ग्राहकहरूलाई स्वस्थ जीवनयापनमा सहयोग गर्न निरन्तर प्रतिवद्ध छौं। स्वास्थ्य सेवा र सुरक्षा केवल पहुँचयोग्य मात्रै होइन, उनीहरूको डिजिटल जीवनशैलीमा सहज रूपमा समाहित हुने बनाउन हामी लागिपरेका छौं।”
मेटलाइफका अनुसार बीमा, एन्युटी, कर्मचारी लाभ योजना र सम्पत्ति व्यवस्थापन सेवामार्फत व्यक्तिगत तथा संस्थागत ग्राहकलाई अझ सुरक्षित भविष्य निर्माणमा सहयोग गर्ने कम्पनी सन् १८६८ मा स्थापना भएको हो। विश्वभर ४० भन्दा बढी देशमा सञ्चालनमा रहेको यस समूहले संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ।
मेटलाइफ नेपाल सन् २००१ देखि अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाका रूपमा नेपालमा सञ्चालनमा छ। यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमाजस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीको सेवा र योजनाबारे थप जानकारीका लागि www.metlife.com.np हेर्न वा ९७७–१–५९७०१६६ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
FACEBOOK COMMENTS