काठमाडौं । मेटलाइफ नेपाल विश्वभरका सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयहरुसँगै ‘ग्रेट प्लेस टू वर्क’ को मान्यता प्राप्त गरेको छ ।
यो उपलब्धि मेटलाइफको निरन्तर प्रतिबद्धतालाई झल्काउने र सबै कर्मचारीहरू सम्मानित, सुरक्षित र प्रेरित महसुस गरेको कम्पनीले बताएको छ ।
गत महिना, मेटलाइफका विश्वभरका ३३ बजारका २४ हजार भन्दा बढी कर्मचारीहरूले ग्रेट प्लेस टू वर्क इनडेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए, जुन विश्वव्यापी रूपमा कर्मचारी अनुभव मापन गर्ने एक उच्च मापदण्डको रूपमा मानिन्छ ।
नेपालले ग्लोबल बेञ्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गरेर मेटलाइफको साझा उद्देश्य, समावेशिताप्रतिको प्रतिवद्धता, र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब देखाउने कम्पनीको भनाइ छ ।
‘यो मान्यता केवल एउटा उपलब्धि होइन । हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त बनाइएको महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन र त्यसले हाम्रा ग्राहक, समुदाय र एक–अर्काका लागि ठूलो प्रभाव पार्दछ ।’
FACEBOOK COMMENTS