काठमाडौँ । अर्थ मन्त्रालयमा आजदेखि कार्यालयका टिप्पणी सबै डिजिटल स्वीकृति हुने भएको छ ।
परम्परागत रुपमा फाइलमा टिप्पणीका कागजात राखेर तल्लो निकायबाट माथिल्लो तहमा सदर वा बदरका लागि पेश गरिने टिप्पणी डिजिटल भएको जनाइएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी डिजिटल स्वीकृति शुरु भएको जानकारी दिएका छन् ।
यसबाट समय बचत, मसलन्द खर्चमा मितव्ययितासँगै कार्यमा प्रभावकारिता हुुने मन्त्रीको सचिवालयको दाबी छ ।
FACEBOOK COMMENTS