काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक २०८३ वेबसाइटबाट हटाएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपश्चात आर्थिक विधेयक मन्त्रालयको वेबसाइटमा अपलोड गरेको थियो ।
शनिबार दिउँसो सो विधेयक वेबसाइटबाट हटाएको छ । आर्थिक विधेयकमा कर कानुनहरूमा संशोधन गरी नयाँ दरहरू राखिएको हुन्छ ।
विद्युतीय सवारी साधनको करको दरमा त्रुटि देखिएपछि मन्त्रालयले उक्त विधेयक आफ्नो वेभसाइटबाट हटाएको बुझिएको छ ।