झापा । झापामा प्लाष्टिकको बोरामा महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार बिहान दमक– १० सेतुमाडी स्थित रहेको रतुवाखोलाको पुल मुनी बगिरहेको पानीमा प्लाष्टिकको बोरामा महिलाको शव भेटिएको हो ।
प्रहरीले मृतकको हालसम्म पहिचान नहुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।