काठमाडौं । मिटरब्याजी पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न प्रधानमन्त्री बालुवाटार पुगेका छन् ।
महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आएर आन्दोलनमा रहेका मिटरब्याजी पीडितसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटन बोलाएका हुन् ।
मिटरब्याजले उठीबास लागेपछि महोत्तरीको बर्दिबासबाट काखे बच्चा सहित पीडितहरु काठमाडौं आएका छन् । यसअघि नै सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ ।
FACEBOOK COMMENTS