![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा नवीकरण नगर्ने ती मनिचेन्जरको इजाजत खारेज गरेको हो ।
काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि र काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालि र काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज भएको हो ।
राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र विनियमावली अनुसार इजाजत नवीकरण नगर्ने कम्पनीको इजाजत खारेज भएको हो ।
FACEBOOK COMMENTS