काठमाडौं । मोर्बिडेली नेपालद्वारा टी ३५२ एक्स र टी २५२ एक्स मोटरसाइकल सार्वजनिक
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२५ मा टी ३५२ एक्स र टी २५२ एक्स मोटरसाइकलहरू सार्वजनिक गरिएको छ ।
मोर्बिडेली नेपालले दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकल नेपालको भू-भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको छ ।
टी ३५२ एक्स एड्भेन्चर मोटरसाइकल हो ।
यसका प्रमुख विशेषताहरू ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन: ४०.९ एचपी रहेको छ । पिरेली स्कॉर्पियन टायर, यूएसडी फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्याङ्कउपलब्ध छ ।
यसको मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ । एक्स्पोमा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँ रहेको छ । मोर्बिडेली टी २५२ एक्स स्टाइल, सहजता र किफायती मूल्य टी २५२ एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ, जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ।
यसका प्रमुख विशेषताहरूमा २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन ३३.५ एचपी १२ हजार आरपीएम र २१.५ एनएम टर्क रहेको छ । ६-स्पीड गियरबक्स, डुअल च्यानल एबिएस स्लिपर क्लच रहेको छ । यसमा १७ इन्च एलोय ह्वील, यूएसडी फ्रन्ट फोर्क, टीएफटी डिस्प्ले उपलब्ध छ।
एक्स्पोमा मोर्बिडेली र बेनेलिका अन्य मोडलहरू विशेष छुटका साथ बुकिङ गर्न सकिनेछ । साथै बेनेलिका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ।
FACEBOOK COMMENTS