काठमाडौं । पुवाखोला–वान हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।
कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।
पुवाखोला–वान हाइड्रोपावरको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छ ।
FACEBOOK COMMENTS