काठमाडौँ । आजदेखि नयाँ फिल्म रिमै रिलिज भएको छ ।
त्यस्तै आजदेखि अर्को फिल्म चिट्ठी पनि रिलिज हुने भनिए पनि अन्तिम समयमा उचित शो नपाएको भन्दै चिठ्ठीको रिलिज स्थगित गरिएको छ ।
तर, देशभरका हलले उचित शो नदिएको भन्दै बिहीबार साँझ फिल्मका निर्माताले रिलिज स्थगित गरेका छन् । चिठ्ठीका निर्माता कमला जोशीले कतिपय हालले शो नै नदिएको र कतिले अफटाइमका शो दिएको आरोप लगाउदै फिल्मको रिलिज स्थगित गरेको जानकारी दिएकी हुन् ।
त्यसैगरी आजदेखि रिलिज भएको रिमै मा भने दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ । कबड्डीबाट चर्चित बनेको यो जोडी फेरी एक पटक एकसाथ आएको छ । यसका अलावा फिल्ममा अर्पण
थापा, गौमाया गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले मगर, वीरमाया गुरुङ लगायतको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
खिल बहादुर गुरुङको निर्देशन तथा उपेन्द्र सुब्बाको लेखन रहेको रिमैमा वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
यस फिल्मले बलिउडको बागी– ४ र हलिउडको द कन्जुरिङ : लास्ट राइट्स जस्ता ठूला फिल्मसँग प्रतिष्पर्धा गर्नुपर्ने देखिएको छ ।
FACEBOOK COMMENTS