काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विधेयकमा उल्लेख भएका कुरा कानुनमा नसमेटिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सरोकारको विषयमा उठेका प्रश्नको जवाफ दिएपछि सांसद थापाले भने, ‘कानुनसँग जोडिएको एउटा महत्वपूर्ण विषय छ। नेपाल दूरसञ्चार प्राधिकरणले थेरामिक्स भन्ने प्रविधि कानुन निर्माण नहुँदै भित्र्याएको छ।’
उनले यो प्रविधि भित्र्याइसकेपछि कुनै व्यक्तिलाई कल गर्दा कहाँबाट कल गर्यो, कति दुरीबाट गर्यो, हामीले पठाउने म्यासेज नेपालको दूरसञ्चार कम्पनीसँग मात्रै नभई बाहिर टर्कीको कम्पनीसँग समेत तथ्याङ्क जाने गरेको बताए।
थापाले यसको आवश्यकता किन पर्यो, यो निर्णय किन गरिँदैछ भन्दै प्रश्न गरे। उनले विधेयक आइसकेपछि मात्रै गर्नुपर्ने काममा गरिएको हतारप्रति जवाफ माग गरे।
FACEBOOK COMMENTS